कैलाली क्षेत्र न. ४ मा मतगणना स्थगित

Image
Nisarga Hospital

अत्तरिया–कैलाली क्षेत्र नम्बर ४ को मतगणना आज बिहान करिब ११ बजेदेखि सुरु भए पनि केहिबेरअघि स्थगित गरिएको छ।

CP Hospital Dhangadhi

मतगणना स्थगित हुनुको कारण खसेको मतभन्दा २१ मत बढी देखिनु र उम्मेदवारका प्रतिनिधिहरुलाई मुचुल्का नदेखाइएको भन्ने विवाद हो। यस विवादका कारण निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक मत परिणाम पनि सार्वजनिक गर्न सकेको छैन।

Attariya Hospital

अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालयले जनाएको छ। बैठकमा मतगणना निरन्तरता दिन वा विवाद समाधान गर्ने उपायबारे छलफल भइरहेको छ। मत परिणाम स्थगित भएपछि मतदाता र उम्मेदवार दुवैमा उत्सुकता बढेको छ। आगामी निर्णयपछि मात्र मत गणना पुनः सुरु हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

nawajiwan