
तेह्रथुम निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयको विवरण अनुसार, सुब्बाले एमालेका भानुभक्त ढकाललाई ८७९ मतले पराजित गरेका हुन्।


सुब्बाले ११,५६१ मत पाए भने ढकालले १०,६८२ मत प्राप्त गरे। २०७९ सालको निर्वाचनमा तेह्रथुमबाट कांग्रेसकै सीता गुरुङ विजयी भएकी थिइन्।
यो जितसँगै कांग्रेसले हालसम्म पाँच निर्वाचन क्षेत्रमा सफलता हात पारेको छ। पार्टीले मुस्ताङबाट खाता खोलेको थियो र त्यसपछि मनाङ, रसुवा, दैलेखमा पनि जीत सुनिश्चित गरेको छ।
































