कैलाली–१: रास्वपाकी कोमल ज्ञवाली विजयी

Image
Nisarga Hospital

कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोमल ज्ञवाली १७,८२६ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेस का जनकराज चौधरी, १२,८६७ मतसहित दोस्रो स्थानमा रहे।

CP Hospital Dhangadhi
Attariya Hospital

टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर नेकपा एमाले बाट उम्मेदवार बनेका रामलाल डगोरा थारु ८,३९२ मतसहित तेस्रो स्थानमा रहे। त्यस्तै, नेकपा एमाले का द्वारिकाप्रसाद न्यौपाने ४,४९३ मत पाए।

अन्य उम्मेदवारहरूमा स्वतन्त्र फागुराम थारु ३,३८८, राप्रपा का लोकेन्द्र कुँवर २,९३७, उज्यालो नेपाल पार्टी का प्रदिप कुमार चौधरी २,३५७, श्रम संस्कृति पार्टी का बिमलकुमार डगौरा ९०८ मत प्राप्त भए।

साना दल र स्वतन्त्र उम्मेदवारहरू: रामबहादुर विश्वकर्मा (३१५), डाक्टर जनकराज शाह (२१६), राजेन्द्रबहादुर शाही (१४०), भगतराम डगोरा थारु (११३), नरेश रावल (९३), रूपाकुमारी चौधरी (६०), सुनिता भण्डारा (४१) मतसहित परे।