सुदूरपश्चिममा धार्मिक पर्यटन विकासका लागि नयाँ बन्ने सरकारले सहयोग गरोस – मेयर हमाल

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नयाँ बन्ने सरकारले सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। भारतको अयोध्या भ्रमणको अनुभव उद्धृत गर्दै उनले राम मन्दिर पुनर्निर्माणपछि देखिएको आर्थिक गतिविधि र विकास नेपालमा पनि लागू गर्न सकिने बताए।

CP Hospital Dhangadhi

Attariya Hospital

मेयर हमालका अनुसार धार्मिक पर्यटनले गरिबी न्यूनीकरण, स्थानीय जनताको आय वृद्धि र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन र प्रभावकारी प्रचार–प्रसारले आस्था र पर्यटन दुवै मजबुत बनाउँछ।

nawajiwan

सुदूरपश्चिममा रहेका धार्मिक स्थलहरू व्यवस्थित विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ। यसले क्षेत्रीय आर्थिक समृद्धिमा योगदान पुर्‍याउने र स्थानीय व्यवसाय प्रवर्द्धन गर्ने भएकाले सरकारको विशेष ध्यान आवश्यक रहेको मेयर हमालले बताएका छन्।