शुक्लाफाँटामा राष्ट्रिय बाघ गणना सुरु, ५२० क्यामेराबाट १५ दिन सर्वेक्षण

Image
Nisarga Hospital

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि राष्ट्रिय बाघ गणना सुरु गरिएको छ। निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार क्यामेरा ट्रयापिङ विधिबाट प्रत्येक चार वर्षमा हुने बाघ गणनाको पाँचौँ चरण सञ्चालनमा आएको हो।

CP Hospital Dhangadhi

यसअन्तर्गत १५ दिनसम्म सर्वेक्षण गरिनेछ। बाघको आवतजावत हुने स्थान पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ। क्यामेराले खिचेका तस्वीरको आधारमा बाघको शरीरमा रहेको पाटाको फरक ढाँचा मिलाएर गणना गरिने संरक्षण अधिकृत वाग्लेले बताए।

Attariya Hospital

बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोली परिचालन गरिएको छ भने आवश्यकताअनुसार हात्तीसमेत प्रयोग गरिनेछ। ११ क्याम्पमार्फत २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ।

nawajiwan

सन् २०२२ को राष्ट्रिय गणनामा शुक्लाफाँटामा ३६ बाघ रहेको देखिएको थियो। निकुञ्जको आन्तरिक सर्वेक्षणले हाल करिब ४३ बाघ रहेको संकेत गरेको छ। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा सानो क्षेत्रमै धेरै बाघ पाइने निकुञ्जका रूपमा परिचित छ।