धनगढीका वरिष्ठ वन अधिकृत भ्रष्टाचारमा दोषी: विशेष अदालतको फैसला

Image
Nisarga Hospital

डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले सेवाग्राहीसँग घुस लिएको प्रमाणका आधारमा यादवलाई दोषी ठहर गरेको हो। अदालतको संयुक्त इजलासमा न्यायाधीश सुदर्शनदेव भट्टको अध्यक्षतामा हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सहभागी थिए।

CP Hospital Dhangadhi

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै गत भदौ २ गते मुद्दा दायर गरेको थियो। यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनमा घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा साउन ५ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

Attariya Hospital

पक्राउपछि उनी कञ्चनपुर र काठमाडौंमा हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। अदालतले प्रतिकूल बयान दिएको अभियोगमा प्रेमसिंह ठगुन्ना र किसनसिंह साउदलाई पनि दोषी ठहर गरेको छ। अब यादवलाई भ्रष्टाचारसम्बन्धी कानुनअनुसार बिगो, जरिवाना र अन्य कानुनी सजाय तोकिनेछ।

nawajiwan