
अत्तरियाः चैतन्य पाठशाला धनगढीको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस शुक्रबार देखि सुरु भएको छ । चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरेको छ ।

यसै बिच शनिबार कैलालीको धनगढी-५, शिवनगरस्थित चैतन्य पाठशालाले आफ्नो रजत जयन्ती महोत्सवको अवसरमा समाजसेवी तथा अत्तरियाका युवा नेता लोकराज पाण्डे ‘आगो’ लाई सम्मान गरेको छ।
विशेष गरी सुदूरपश्चिम क्षेत्रमा रहेर लामो समय देखि बिभिन्न सामाजिक कार्य गर्दै आएका आगोलाई सम्मान गरेको पाठशालाले जनाएको छ । सुदूरपश्चिमको सामाजिक सेवा, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि संघर्षरथ रहेको र सामाजिक सद्भाव प्रवद्र्धनमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै पाण्डेलाई “चैतन्य उत्कृष्ट समाजसेवी सम्मान – २०८२” बाट सम्मानित गरिएको हो।

प्रमाणपत्रमा उल्लेख भएअनुसार, पाण्डेले सुदूरपश्चिमको माटोमा रहेर समाज र समुदायको हितका लागि निरन्तर काम गर्दै आएका छन्। उनको समर्पण, जिम्मेवारी र समाजप्रतिको प्रतिबद्धता सम्पूर्ण समुदायका लागि प्रेरणादायी रहेको भन्दै विद्यालयले उनलाई यो सम्मान प्रदान गरेको हो।
समाजसेवामा प्रेरित गर्ने कार्यमा उहाँको उल्लेखनीय भूमिका रहेको विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझाले बताए । आगो लामो समय देखि सामाजिक कार्यमा सक्रिय युवामा पर्दछन् ।

यस्तैगरी पाठशालाले अत्तरियाको सिर्जनसिल युवा क्लवका अध्यक्ष नरबहादुर राई, ग्रिन गोदावरीको अभियानकर्ता पुस्कर शर्मा, साहित्यकार निर्मलकुमार भण्डारी लगायतकालाई सम्मानित गरेको हो ।
सम्मान-पत्रमा विद्यालयका प्राचार्य प्रेम निधि ओझा, अध्यक्ष गणेश प्रसाद जोशी र सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवं शिक्षाविद् प्रा.डा. हेमराज पन्तको हस्ताक्षर रहेको छ। विद्यालयले पाण्डेको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना समेत गरेको छ।
कार्यक्रममा शिक्षाविद्, राष्ट्रसेवक, साहित्यकार, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको छ । साथै कार्यक्रममा प्रभातफेरी देखिनै विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएका छन् र भोली सम्म सांस्कृतिक तथा अन्य प्रस्तुतिहरू निरन्तर रहने छन् ।
रजत जयन्तीको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका २ सय बढी व्यतित्तहरुलाई सम्मान रहेको पाठशाला परिवारले जनाएको छ ।
समाज परिवर्तन गर्ने जिम्मेवारी सबैको भएको र चैतन्य पाठशालाले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । यो वर्ष समेत चैतन्य साधना पुरस्कार अन्तरगत शिक्षा, साहित्य, खेल, समाज र अन्य विभिन्न क्षेत्रमा आफ्नो जीवन व्यतीत गरेका दर्जन बढीलाई सम्मान गरिने उनले बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा सरोकारवालाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ । विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै आज कार्यक्रममा अवस्थित सञ्चार क्षेत्र साहित्य क्षेत्र शिक्षा क्षेत्र लगायतका सयौँ जना लाई सम्मान गरिएको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधि आयोजना गरिन र भोली समेत विभिन्न सम्मान जारी रहने उनले बताएका छन् ।
































