मौसमको प्रभाव: पहाडी–हिमाली भूभागमा बादल, वर्षा र चट्याङ्गको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने कोशी, लुम्बिनी र बागमती प्रदेशका पहाडी–हिमाली भूभागमा आंशिक बादल छ। बाँकी भूभाग मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ, र बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

Attariya Hospital

आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी–हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। गण्डकीको तराई, बागमती र कोशी प्रदेशका पहाडी–हिमाली भूभागमा आंशिक बादल रहनेछ। सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा र चट्याङ्ग, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

nawajiwan

महाशाखाले नागरिकलाई अत्यावश्यक बाहेक बाहिरी गतिविधिमा सतर्क रहन सुझाव दिएको छ।