पेट्रोलियल पदार्थको मूल्य वृद्धि असरः सार्वजनिक यातायात भाडा बढ्ने, विभागको सिफारिस

Image
Nisarga Hospital

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ। नेपाल आयल निगमले गत चैत २ गते डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार नयाँ भाडा निर्धारण प्रस्ताव गरेको हो।

CP Hospital Dhangadhi

विभागले २०६५ सालदेखि लागू ‘वैज्ञानिक भाडा समायोजन विधि’को १३ वटा सूचक प्रयोग गरी भाडा वृद्धि प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा ११.३३ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारी १४.२९ प्रतिशत र तराई मार्गमा मालवाहक सवारी ८.८१ प्रतिशत बढ्नेछ।

Attariya Hospital

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ। व्यवसायीहरूले विगत २०७२ सालदेखि १३ सूचकका आधारमा पूर्ण भाडा समायोजन नभएको भन्दै सिफारिस तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्।

nawajiwan

यस सिफारिस लागू भएपछि यात्रुवाहक र मालवाहक दुवै सवारीमा भाडा वृद्धि हुने भएको छ, जसले दैनिक यातायात खर्चमा प्रत्यक्ष प्रभाव पार्नेछ।