सर्वोच्चको कारण देखाउ आदेश, पूर्वगृहमन्त्री रमेश लेखक हिरासतमै रहने

Image
Nisarga Hospital

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेको छ। लेखकलाई रिहा गर्न माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारलाई कारण देखाउन आदेश दिएको हो।

CP Hospital Dhangadhi

अदालतको आदेशसँगै लेखकलाई तत्काल रिहा नगरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन बाटो खुलेको छ। जेन–जी आन्दोलनमा भएको कथित दमनसम्बन्धी घटनाको अनुसन्धान तथा बयानका लागि सरकारले उनलाई अझै केही समय हिरासतमा राख्न पाउने भएको छ।

Attariya Hospital

यो आदेशले मुद्दाको कानुनी प्रक्रिया अघि बढ्ने संकेत गरेको छ भने रिटमाथिको अन्तिम सुनुवाइपछि मात्र थप निर्णय आउनेछ।

nawajiwan