सुनसरीमा दुई समूहबीच हिंसात्मक झडप : प्रहरीको गोली लागेर एकको मृत्यु, १० जना घाइते

Image
Nisarga Hospital

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। साउने सोमबारको व्रतका अवसरमा निकालिएको बोलबम यात्रामा सहभागी एक समूहलाई अर्को समूहले आक्रमण गरेपछि विवाद चर्किएर झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

झडप उग्र बनेपछि केही घर तथा पसलमा आगजनीसमेत भएको थियो। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। भीड नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा मेहताको मृत्यु भएको हो। घटनामा गोली लागेर तथा झडपका क्रममा करिब १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडप नियन्त्रणका क्रममा पाँच जना प्रहरीसमेत घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ, नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनापछि जिल्लाका विभिन्न स्थानबाट थप सुरक्षा टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

यस घटनाप्रति प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

अन्नपुर्ण पोष्टबाट