लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

Image
Nisarga Hospital

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले भण्डारीको मात्रै उम्मेदवारी परेकाले उनलाई विधिवत रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

CP Hospital Dhangadhi

उपाध्यक्ष पदका लागि आइतबार तोकिएको मनोनयन दर्ता अवधिमा भण्डारीको मात्र उम्मेदवारी परेको थियो। उनको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहेका थिए भने समर्थकका रूपमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाया, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए।

Attariya Hospital

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका रूपमा गत माघ ११ गते निर्वाचित भएकी भण्डारीको राजनीतिक यात्रा लामो रहेको छ। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट विजयी भएकी थिइन्। त्यसपछि २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बने पनि उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएकी थिइन्। त्यसबेला उनी माओवादी केन्द्रमा आबद्ध थिइन्।

nawajiwan

भण्डारीको निर्विरोध निर्वाचनसँगै राष्ट्रिय सभामा एमालेको नेतृत्व भूमिका थप मजबुत हुने अपेक्षा गरिएको छ। राजनीतिक वृत्तमा अनुभवी नेतृको रूपमा परिचित भण्डारीको चयनलाई संसद्भित्रको सन्तुलन र सहकार्यको संकेतका रूपमा पनि हेरिएको छ।