भाषिक पहिचान जोगाउन बागमतीमा आज ‘प्रदेश भाषा दिवस’ मनाइँदै

Image
Nisarga Hospital

बागमती प्रदेश सरकारले आज तेस्रो ‘प्रदेश भाषा दिवस’ विभिन्न कार्यक्रमसहित मनाउँदैछ। प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएको अवसर पारेर २०८१ सालदेखि प्रत्येक वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन थालिएको हो। उक्त ऐन कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो भने १८० दिनपछि कार्यान्वयनमा आएको आधारमा पहिलो दिवस मनाइएको थियो।

CP Hospital Dhangadhi

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीका अनुसार भाषिक विविधताको संरक्षण, प्रवर्द्धन तथा सरकारी कामकाजमा मातृभाषाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाइँदै आएको हो।

Attariya Hospital

दिवसका अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट दरबार क्षेत्र, दत्तात्रेय, कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म र्‍याली आयोजना गरिने भएको छ। र्‍यालीपछि सोही स्थानमा विशेष समारोह तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए। दिवसको अवसरमा बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ।

nawajiwan