देशभर यी स्थानमा हावाहुरी र चट्याङ बढ्दै, सतर्क रहन प्राधिकरणको आग्रह

Image
Nisarga Hospital

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो समय देशभर हावाहुरी र चट्याङका घटना बढ्न थालेपछि सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न जनहितमा सूचना जारी गर्दै विभिन्न सुरक्षात्मक उपाय अपनाउन अनुरोध गरेको हो।

CP Hospital Dhangadhi

प्राधिकरणका अनुसार तीव्र गतिको हुरी चलिरहेको समयमा घरका झ्याल–ढोका सुरक्षित रूपमा बन्द गर्न तथा आगलागी हुन सक्ने जोखिम कम गर्न आगोका स्रोतहरूलाई राम्रोसँग निभाउन वा बन्द गर्नुपर्नेछ। साथै खुला मैदान, अग्ला रूखमुनि तथा अन्य असुरक्षित स्थानमा नबस्न पनि आग्रह गरिएको छ।

Attariya Hospital

यात्रामा रहेका तथा विशेषगरी मोटरसाइकल चलाइरहेका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा ओत लाग्न र सकेसम्म यात्रा स्थगित गर्न सुझाव दिइएको छ। विपद्को समयमा आत्तिएर भागदौड गर्दा थप दुर्घटना हुन सक्ने भएकाले संयमित रहन प्राधिकरणले आग्रह गरेको छ।

nawajiwan

प्राधिकरणका उपसचिव रामबहादुर केसीले सरकारी निकायबाट जारी हुने सूचना र सुरक्षा निर्देशनहरूको पालना गर्न सबैलाई अनुरोध गरेका छन्। वैशाख महिनाभर मौसममा यस्तै उतारचढाव रहने सम्भावना भएकाले पूर्वतयारी र सचेतना नै सुरक्षित रहने प्रभावकारी उपाय भएको प्राधिकरणले जनाएको छ।