प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विप्लव निकट विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको छ। आइतबार सदनमा बोल्दै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनीहरूले त्यसप्रति कडा आपत्ति जनाएका हुन्। उक्त भनाइलाई आपत्तिजनक र राष्ट्रको हितविपरीत भएको भन्दै प्रदर्शनकारी विद्यार्थीहरूले तत्काल स्पष्टिकरण माग गरेका छन्।

CP Hospital Dhangadhi

Attariya Hospital

माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए। उनीहरूले सरकारविरुद्ध विभिन्न नारा लगाउँदै प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग समेत अघि सारेका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले राजनीतिक नेतृत्वले संवेदनशील विषयमा जिम्मेवार भएर बोल्नुपर्नेमा जोड दिएका थिए। यस घटनाले सामाजिक सञ्जालमा पनि बहस सिर्जना गरेको छ।

nawajiwan