स्ट्रेट अफ होर्मुजमा तनाव चरम: अमेरिकी नौसेनाद्वारा इरानतर्फ गइरहेको तेल ट्यांकरमाथि मिसाइल आक्रमण, नाकाबन्दी युद्धतर्फ उन्मुख

Image
Nisarga Hospital

स्ट्रेट अफ होर्मुज क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ। अमेरिकी सेनाले इरानतर्फ जाँदै गरेको एक खाली तेल ट्यांकरमाथि मिसाइल आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवाना झण्डा बाहक उक्त जहाजले पटक–पटक दिइएको चेतावनीको अवहेलना गरेपछि इन्जिन कक्षलाई लक्षित गरी आक्रमण गरिएको हो।

CP Hospital Dhangadhi

सेन्टकमले सार्वजनिक गरेको भिडियोमा अमेरिकी विमानद्वारा ट्यांकरमाथि आक्रमण गरिएको क्षण स्पष्ट देखिएको छ। उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको खार्ग टापुतर्फ गइरहेको बताइएको छ।

विज्ञप्तिअनुसार जहाजका चालक दलले २४ घण्टाभित्र दिइएका निर्देशनहरू पालना नगरेपछि कारबाही गरिएको हो। इरानले भने घटनाबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

nawajiwan
Attariya Hospital

अमेरिकी सेनाका अनुसार नाकाबन्दी अभियान सुरु भएयता ६ वटा व्यावसायिक जहाजलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्‍याइएको छ भने १२२ वटा जहाजलाई आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य पारिएको छ।

सेन्टकमले अप्रिल १३ देखि इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने सबै जहाजमाथि नाकाबन्दी लागू गरिएको स्पष्ट पारेको छ। यस घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाएको विश्लेषण गरिएको छ।