श्रेयस अय्यर भारतको नयाँ टी–२०आई कप्तान, १५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक सिनियर टोलीमा

Image
Nisarga Hospital

भारतले श्रेयस अय्यरलाई नयाँ टी–२०आई कप्तानको जिम्मेवारी दिएको छ। शनिबार बसेको भारतीय क्रिकेट चयन समितिको बैठकले आगामी आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको टी–२०आई शृङ्खला तथा एसियन गेम्सका लागि अय्यरलाई कप्तान चयन गरेको हो।

CP Hospital Dhangadhi

यसअघि कप्तानी सम्हाल्दै आएका सूर्यकुमार यादव यसपटक घोषित टोलीमा परेका छैनन्। चयन समितिले युवा र अनुभवी खेलाडीको संयोजनमा नयाँ टोली तयार गरेको छ।

१५ वर्षीय प्रतिभाशाली ब्याटर वैभव सूर्यवंशी पहिलोपटक भारतको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। उनी आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको टी–२०आई शृङ्खला तथा एसियन गेम्स दुवैका लागि चयन भएका हुन्।

nawajiwan
Attariya Hospital

आयरल्यान्ड र इंग्ल्यान्डसँगको टी–२०आई शृङ्खला जुन–जुलाईमा हुने तय भएको छ भने एसियन गेम्स आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुँदैछ।

टी–२०आई शृङ्खलाका लागि भारतको टोलीमा श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), अभिषेक शर्मा, सञ्जु सामसन, इशान किशन, शिवम दुबे, नितिश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, वरुण चक्रवर्ती, रवि बिश्नोई, मोहम्मद सिराज, अर्शदीप सिंह, हर्षित राणा, प्रिन्स यादव र वैभव सूर्यवंशी रहेका छन्।