कर सूचना चुहावट विवाद : हर्क साम्पाङद्वारा अर्थमन्त्री वाग्लेको राजीनामा माग

Image
Nisarga Hospital

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को राजीनामा माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले करका दर हेरफेर र करसम्बन्धी सूचना चुहावट भएको गम्भीर आरोप लागेकाले नैतिक जिम्मेवारी लिएर पदबाट हट्नुपर्ने बताएका हुन्।

CP Hospital Dhangadhi

यो विषय सोमबार प्रतिनिधिसभा बैठकमा समेत उठेको थियो। ज्ञानेन्द्र शाही ले कर दर हेरफेरसम्बन्धी सूचना चुहावट भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका थिए। त्यस्तै पद्या अर्याल ले आर्थिक विधेयकका १६ पृष्ठ गायब भएको र कर संरचनामै परिवर्तन गरिएको आरोप लगाएकी थिइन्।

Attariya Hospital

संसद्मा पेस गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको संस्करणबीच फरक देखिएको दाबी भएपछि विवाद थप चर्किएको छ। पृष्ठ संख्या तथा करसम्बन्धी व्यवस्थामा अन्तर देखिएको आरोपसँगै यस विषयमा छानबिनको माग तीव्र बन्दै गएको छ।

nawajiwan