शुक्रबारको व्रत : लक्ष्मीको कृपा, सुख–समृद्धि र मनोकामना पूरा हुने धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूले शुक्रबार विशेष रूपमा शुक्र ग्रह, सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पूजा–आराधना तथा व्रत गर्ने परम्परा छ। धर्मशास्त्रअनुसार विधिपूर्वक लक्ष्मी माताको व्रत बसेर पूजा गर्दा आर्थिक समृद्धि, पारिवारिक सुख–शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

CP Hospital Dhangadhi

यस दिन व्रत बस्नेले फलाहारका रूपमा चना र सख्खर सेवन गर्न तथा अमिलो परिकारबाट टाढा रहनुपर्ने मान्यता छ। सेतो वस्त्र धारण गरी घरमा खीर बनाएर गरिब तथा आवश्यक परेकालाई बाँड्दा अन्न र धनको अभाव नहुने विश्वास गरिन्छ। सन्तोषी माताको व्रत पुरुष र महिलादुवैले बस्न सक्ने र यसबाट सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ।

Attariya Hospital

साथै, शुक्र ग्रह प्रतिकूल भएमा सेतो वस्तु, सुगन्ध, चिनी, चन्दन, कपुर, रेशमी कपडा वा शुक्रसँग सम्बन्धित रत्न दान गर्दा ग्रहदोष शान्त हुने विश्वास गरिन्छ। धार्मिक आस्थाअनुसार शुक्रबारको व्रतले सकारात्मक ऊर्जा, समृद्धि र मानसिक शान्ति प्रदान गर्ने विश्वास छ।

nawajiwan