
नेपाल प्रहरी प्रधान कार्यालयले संगठनको प्रशासनिक कार्यलाई थप प्रभावकारी, चुस्त र पारदर्शी बनाउने उद्देश्यले ३६८ जना लेखा प्रमुखको काज सरुवा गरेको छ। कर्मचारी प्रशासन शाखाले आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसका आधारमा विभिन्न युनिट तथा कार्यालयमा जिम्मेवारी हेरफेर गरेको हो।

सरुवा सूचीअनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गत विशेष ब्यूरोमा इन्स्पेक्टर उदयकुमार चौधरी, कल्याण महाशाखामा डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रकाश शाह तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा महेश बिक्रम शाहलाई खटाइएको छ।
त्यस्तै, साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, प्रहरी अस्पताल महाराजगञ्जमा राजन उप्रेती र बागमती प्रदेश प्रहरी कार्यालयमा सविनकुमार संग्रौलालाई जिम्मेवारी दिइएको छ।

इन्स्पेक्टरसँगै वरिष्ठ सई, सई र असई तहका कर्मचारीहरूलाई पनि विभिन्न कार्यालयमा लेखा प्रमुखको जिम्मेवारीसहित सरुवा गरिएको छ। यसक्रममा ललितपुर प्रहरी परिसरमा वरिष्ठ सई अमृतकुमार भडेललाई खटाइएको छ। प्रहरी प्रधान कार्यालयले सरुवा भएका सबै कर्मचारीलाई तोकिएको स्थानमा अविलम्ब हाजिर हुन निर्देशन दिएको छ।

&
nbsp;
































