नेपालमा लगातार तीन दिनसम्म भारी वर्षाको चेतावनी, पहिरो र डुबानको जोखिम बढ्दै

Image
Nisarga Hospital

देशभर मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (असार १६–१८) सम्म भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। साथै तराई तथा मधेसका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना छ।

Attariya Hospital

बुधबार र बिहीबार देशभर पूर्णतया बदली रहने तथा अधिकांश पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षासँगै हावाहुरीको जोखिम कायम रहने महाशाखाले जनाएको छ।

nawajiwan

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, भू–क्षय र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। नदीनालाको जलसतह बढ्न सक्ने, सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले स्थानीयवासी, यात्रु तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाहरू नियमित रूपमा पछ्याउन महाशाखाले अनुरोध गरेको छ।