गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर एक बालिकाको दुःखद मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ बाँस्कोटामा मंगलबार दिउँसो खेल्ने क्रममा खाल्टोमा खसेपछि ५ वर्षीया शशिका मल्ल केसीको ज्यान गएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार शशिका बाजुराको बुढीगंगा नगरपालिका–७ की स्थायी बासिन्दा हुन्। उनी हाल आफ्नै मामा घरमा बस्दै आएकी थिइन्। खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खुला खाल्टोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेकी थिइन्।

Attariya Hospital

घटनापछि स्थानीयवासी र प्रहरी घटनास्थल पुगेका थिए। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। निर्माणाधीन संरचनाहरूमा सुरक्षा मापदण्डको अभाव र खुला खाल्टो छोड्ने प्रवृत्तिले यस्ता दुःखद घटना दोहोरिन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

nawajiwan

प्रहरीले अभिभावकलाई बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै निर्माणाधीन स्थानमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई सचेत हुन पनि अनुरोध गरेको छ।