पेनाल्टीमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा, अब अर्जेन्टिनासँग रोमाञ्चक भिडन्त

Image
Nisarga Hospital

फिफा विश्वकप फुटबल २०२६ को अन्तिम–१६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको बिसी प्लेस, भ्यानकुभरमा बुधबार बिहान सम्पन्न खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।

CP Hospital Dhangadhi

स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले पेनाल्टीमा गोल गरे। कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

Attariya Hospital

यो जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले इतिहासमा चौथोपटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। सन् १९५४ पछि पहिलोपटक अन्तिम आठमा पुगेको स्विट्जरल्यान्ड अब सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग आइतबार हुने रोमाञ्चक भिडन्तमा उत्रिनेछ।

nawajiwan