
आज २०८३ साल असार २९ गते सोमबार, असार कृष्ण पक्षको चतुर्दशी तिथि तथा भानु जयन्ती परेको छ। हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान शिवको आराधनाका लागि विशेष दिन मानिन्छ। श्रद्धालुहरूले आज व्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् भने प्रत्येक पूजाअघि भगवान गणेशको पूजा गर्ने परम्परा रहेको छ।

सोमबारको व्रत सूर्य उदयदेखि सूर्यास्तसम्म गरिन्छ र बेलुकाको आरतीपछि मात्र भोजन गर्ने चलन छ। धार्मिक मान्यताअनुसार यो व्रतले मनोकामना पूरा हुनुका साथै ज्ञान, शान्ति र सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।

विशेषगरी अविवाहित महिलाले योग्य जीवनसाथी प्राप्तिको कामनासहित सोमबार व्रत बस्ने परम्परा आज पनि प्रचलित छ। साथै, आज देशभर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

































