
दायाँ हेर्छु, दृश्य उराठ
बायाँ हेर्छु त्रास
मिल्ने साथी, सबै फेल
म बबुरो एक्लो पास।

पुराना दिन, सम्झि रहँदा
मन हुन्छ उदास
तीन मित्र त्रिदेव झैँ
घुमि रहन्थ्यौ बिन्दास ।

चल्लाहरू को माझमा
एउटा बुढो माउ सरी
कहिलेकाहीँ क्लास जान्छु
मन मारी मारी ।।।

✍️ कम्मान सिंह साउद
सह-प्राध्यापक
त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
































