
हिन्दु धर्मअनुसार हप्ताको प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छ। बुधबार ‘बुध’ ग्रहको दिन भएकाले यस दिन विशेषगरी भगवान विठ्ठल (श्रीकृष्ण) तथा भगवान गणेशको पूजा–आराधना गर्ने परम्परा छ। तुलसीको पातले श्रीकृष्णको पूजा गरी व्रत बसे मनोकामना पूरा हुने र नयाँ कार्यको शुभारम्भका लागि पनि बुधबार अत्यन्त शुभ मानिन्छ।


धार्मिक मान्यताअनुसार बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने विश्वास छ। यसैगरी, मुंगको दाल दान गर्दा दुःख–कष्ट हट्ने, गणेशलाई सिन्दूर चढाउँदा मनले चिताएको पूरा हुने तथा बुध ग्रहको दोष भएका व्यक्तिले गणेशलाई लड्डु अर्पण गर्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यी कार्यले जीवनमा सुख, शान्ति र समृद्धि ल्याउने जनविश्वास रहिआएको छ।
































