धनगढीमा २३ वर्षीया पूजाको रहस्यमय मृत्यु : श्रीमानसहित पाँच जना पक्राउ, कर्तव्य ज्यानमा अनुसन्धान

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान भरत धामीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार साँझ पूजा आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। श्रीमान भरत धामीले उनलाई उपचारका लागि नवजीवन अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

Attariya Hospital

घटनापछि मृतकका बुवाले श्रीमानसहित परिवारका सदस्यविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका छन्। सोही उजुरीका आधारमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

nawajiwan

प्रहरीका अनुसार मृत्युको वास्तविक कारण अझै खुल्न बाँकी रहेको छ। घटनासम्बन्धी तथ्य र प्रमाण सङ्कलन, बयान तथा प्राविधिक परीक्षणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। शंकास्पद मृत्युको घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ भने पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता सार्वजनिक हुने अपेक्षा गरिएको छ।