सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
बिना बादल गर्जिन्छ त्यो आकास किन हो कुन्नी,
बद्लियो क्षणमै मौसमको मिजास किन हो कुन्नी।
CP Hospital Dhangadhi
सरकार चलाउन व्यवस्था बदल्न पुगेका संसदमा,
कसरी हुदैछन् आज उनि उपहास किन हो कुन्नी।
हिंजो केके भनेका थिए आज केछ विचार उनको,
सबैले गर्छन् यो देशमा सधैं तमास किन हो कुन्नी।
nawajiwan
बनिबनाई मञ्च पाए यीनै घन्टौं भाषन् थाक्दैनन्,
भए नभएका गर्छन् उनैले बकवास किन हो कुन्नी।
जति आवाज उठाए पनि खै छुन्नसकेन कान उन्का,
संसार पुग्यो कता यहा जिउंदा लास किन हो कुन्नी।
बसन सकेनन् युवा देशमा जो यो देशका हुन् रीढ,
नेता भएका हुन्छन् विदेशीका दाश किन हो कुन्नी।
॥१॥
बिताउनै छ जीवन यो कसरी बिताउ,
तनको पसिना बगाई सधैंभरी बिताउ।
पसिनामा म रमाउन न परोस कसैको,
कामलाई पुजा सम्झिएर घरी बिताउ।
गर्छन् बोकी भारी ऊ उकाली ओराली,
बगाएर जीवन पसिना धर्धरी बिताउ।
आऊ रमाउन मिलेर बनाउ आसियाना,
प्रेम गरे पगलिन्छ मन् खरखरी बिताउ।
नजाउ विदेशमा मिलेर बसौं स्वदेश मै,
दु:खसुख्ख गरी जीवन वरिपरी बिताउ।

॥२॥

मानिस भएपछि एउटा अर्को कर पनि हुनुपर्छ,
एकले अर्काको सहयोग गर्ने रहर पनि हुनुपर्छ।
तर एउटै हातले ताली कहा बज्छ हजुर हाम्रो,
एकले सहयोग गरेको थोरै असर पनि हुनुपर्छ।
जस्तो भल आयो भने रोक्न सकिदैन कसैगरी,
भल सुके त हिंडेकै निसानी बगर पनि हुनुपर्छ।
अब एउटा नौलो गोरेटो बनाउ सुखि समाजको,
परिवर्तनकै लागि अब हाम्रो सफर पनि हुनुपर्छ।
Attariya Hospital
आवरण जस्तै देखाएपनि खैत छैन आत्मिएता,
जति टाडा छौ एक अर्काको खबर पनि हुनुपर्छ।
घर नि त्यत्तीकै कहा चल्छ अनुसाशन बिनाको,
कसैको सहयोग र भर कसैको डर पनि हुनुपर्छ।

॥३॥

भन्छन् खुबै धर्म गर्छन् पसु बली लगातार दिएर,
कुल कुलानीलाई रगत दिने त्यो समाचार दिएर।
परमपरा त मान्नैपर्छ गर्दै आएको रिती हो साथि,
जोगाउनै पर्छ कुरिती आफ्नो घर संसार दिएर।
मरे पछिको स्वर्ग तैयार पार्नु पर्छ दान पुन्य गरी,
समाजलाई सक्यासम्म रूढीवादी संस्कार दिएर।
समाजले जे सिकायो त्यही सिक्षा लिन्छौं हामिले,
स्कुलमा महाज्ञा र पुरितहरूलाई रोजगार दिएर।
पैसा उठाउनै पर्छ जनताको बुद्धी भुटेर भयपनि,
पैसा प्रधान समाजमा धर्मको पाठ उपहार दिएर।
उसले नचाएर पातपनि कहां हल्लिन्छ संदेश यो,
स्कुलबाटै अब पुरोहितलाई नया बफादार दिएर।

॥४॥

साच्चै भन्दा देशमा सबै खुखार देखिन्छन्,
त्यसैले त सबैका हातमा औजार देखिन्छन्।
कुनैपनि कमसल छैन सेर छ सवा सेर यहा,
त्यसैले राजनीतिमा पनि कारोबार देखिन्छ।
मानिसहरू सारिरिक परिश्रम गर्न छाडिसके,
जहापनि त्यसैले यो ढगको व्यापार देखिन्छ।
रोजगार बनाएछन् झोले बनेर कुनै पार्टीको,
बालबच्चा पाल्ने उन्को त्यो आधार देखिन्छ।
पुराना नेतामा अहमता देखेपछि विद्रोह भयो,
तर नयामापनि झनै ब्यापत अहंकार देखिन्छ।
कस्को विश्वास गरौं अचेल हामि जनताहरूले,
देशभक्तीको आवरणमा समेत गद्दार देखिन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८