
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। एक दिनमै सुनको मूल्यमा भएको यो वृद्धिले बजारमा सुनको भाउ फेरि उकालो लागेको देखिएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।




महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ पुगेको छ।


































