
गजल
अबको पालो अँधकार चिरेर बढौँ,
कुरितीको त्यो विचार चिरेल बढौँ।

अब एक नयाँ इतिहाश रचौँ हामी,
दुष्टको किल्ला लगातार चिरेर बढौँ।
हामी देखेका छौँ असमानता यहाँ,
अब असमान व्यापार चिरेर बढौँ।




मौलाएकै हुन्छ भ्रष्टाचार देशभित्र,
विदेशीका ति बफादार चिरेर बढौँ.
लुटेराहरूको छ राज्यसत्ता आज,
महान बनाउने आधार चिरेर बढौँ।
॥१॥
गरिब थियो अनि साच्चै इमान्दार रत कैदि भयो,
देशभक्त थियो देशसँग गर्थ्यो प्यार रत कैदि भयो।
अपराधी त खुलेआम हिँड्छन् आम माफी हुन्छन्,
देशकै लागि लडेको थियो अपार रत कैदि भयो।
चुप लागेन समाजिक अन्याय अत्याचार बिरूद्ध,
गर्दथ्यो उसले निडर सधैँ चिरफार रत कैदि भयो।
सरकारलाई दिन्थ्यो चेतवानी तल र माथीसम्म,
गर्न दिएन उसले कुनैवेला भ्रष्टाचार रत कैदि भयो।
जनताको पक्षमा लड्यो निडर अबिचलित भएर,
ऊ दर्शन भेटमा गएन सिहँ दरबार रत कैदि भयो।
गणतन्त्रमा वाक स्वतन्त्रता कुण्ठित किन हुन्छ,
साम्राज्यवादी खेलौना छ सरकार रत कैदि भयो।
॥२॥
दिएकै हुन्छ जिन्दगीले सजाएको रास अचेल,
दिएन कुनैवेला नि समश्यले अबकास अचेल।
जता दौडिए नि यो आफ्नो पेट हुन्छ अगाडि,
यसैले सिकायो समय समयमा तमास अचेल।
जसले आजीवन गर्यो मदिराको बिरूद्ध सधैँ,
उसैका सन्तान गर्छन् उसैको उपहास अचेल।
हिजो छुवाछुत बिरूद्धमा आन्दोलन गर्नेहरू,
जातीय पहिचानका कुरा गर्छन् खास अचेल।
कुनैवेला जस्को जोत उसैको पोत भन्नेहरू नै,
लगाउदै छन् उनैले गरिबको उठिबास अचेल।
॥३॥
गद्धार हुनकै लागी नै उनि बफादार भएकै हुन,
मार्क्सवादी बेच टाँस्नेहरू पनि जार भएकै हुन।
कुनैवेला क्रान्तिकारी गफ गरेर जिउपाले जस्ले,
उनैलेपनि गरिबलाई मारेर साहुकार भएकै हुन।
गरिबलाई ठगेर धनीलाई सत्ता गुम्ने डर देखाए,
कुनै बेला जनताहरूका उनै गुनेगार भएकै हुन।
कयौँको जीवन बर्वाद गरे स्वार्थ पुरा गर्न उनैले,
थाहा छ सबैले देख्यौँ छर्लङ्ग अनुहार भएकै हुन।
केही गलत भए पनि केही नभएको होइन सही,
थुप्रै गलती भए तर कयौँका उपचार भएकै हुन।
अचेल उनै पनि हुन्छन् पानी माथीको ओबानो,
जस्का गलति नै संघर्षका आधार भएकै हुन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































