गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक

Image
Nisarga Hospital

गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन्। सोमबार प्रकाश सपूत युट्युब च्यानलमार्फत ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्।

CP Hospital Dhangadhi

गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति नहुने भाव व्यक्त गरिएको छ। गीतको भिडिओमा प्रकाश सपूत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ।

Attariya Hospital

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन्।

nawajiwan