
हाम्रो समाज भित्र बढी चमत्कार हुन्छ,
नाटक गर्छन् कतै झुटको ब्यापार हुन्छ।
जस्लाई भ्रष्टाचार रोक्न दिइन्छ जिम्मा,
उस्कै पहिलो योजनामा भ्रष्टाचार हुन्छ।
युवा देशकै रिढ हुन्छन् तर हाम्रो देशमा,
धेरै झोला छाप नोटङ्की औतार हुन्छ।
बैंशको मात नै धेरै लाग्दो रहिछ कसैमा,
देख्दा बित्तिकै ढल्न आफै लाचार हुन्छ।
दुश्मन बलियो होइन हामि कम्जोर भयौँ,
हामिलाई जहाँ दुख्छ त्यँही प्रहार हुन्छ।
कीन देशकै राजनीति समाजलाई देख्दा
दुःख लाग्छ घिन लाग्छ र दिक्दार हुन्छ।

॥१॥
ज्ञान दिएकै हुँन् छोरधारा र ठाडे भिर पनि,
सिकारीहरू मिर्ग माथि चलाएको तिर पनि।
फरक यत्तिमात्र हो अपराधी महलमा पुग्यो,
निर्दोश ढेर भयो , काम लागेन तक्दिर पनि।
हिंजो ढढ्यानकै ढुङ्गा पनि हाम्रा साथि थिए,
भए साम्राज्यवाद उनैको लागि हाजिर पनि।
पौरखी छौँ बलिया छौँ तर बुद्धिहिन भएछौँ,
सधै हारिन्छ लड्न नजाने पछि माहिर पनि।
भनिन्छ भोक मिठो की भोजन भएन थाहा,
ज्यान नै लिन्छ खान नजान्दा यो खिर पनि।
भन्छन् चिन्ता कत्ति नगर्नु आफैलाई खान्छ,
अंरेयार सोधेर कहा आउँछ र त्यो पिर पनि।

॥२॥
जसले ठुलठुला घर बनाए किन उनै वेघर हुन्छन्,
यो दुनियाँमा श्रमजिविहरू नै सधै वेकदर हुन्छन्।
तन र मन् खियाए छैन निश्चित गास बास उनैको,
जब कुनै उपाए लाग्दैन उनै तक्दिरको भर हुन्छन्।
पुरा एउटा सपनापनि हुँदैन गरिब श्रम्जिविहरूको,
अफ्शान भने हजारौँहजार उनिहरूकै रहर हुन्छन्।
हिंजो आज सरकार कहाँ हुन्छ र गरिबको पक्षमा,
जताततै अन्याय र अत्यचार भएको खबर हुन्छन्।
तिमीले आफ्नै कर्मलाई मात्र दोश दिन्छौ सधैभरी,
ति अपराधी भ्रष्टाचारिहरू सधै कीन निडर हुन्छन्।
हाम्रो देश पनि मजदुर जन्माउँने हेचरी बन्न पुगेछ,
बिदेशीको हस्तक्षेप र अधिनमा किन नगर हुन्छन्।
॥३॥

































