सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

हाम्रो समाज भित्र बढी चमत्कार हुन्छ,
नाटक गर्छन् कतै झुटको ब्यापार हुन्छ।
जस्लाई भ्रष्टाचार रोक्न दिइन्छ जिम्मा,
उस्कै पहिलो योजनामा भ्रष्टाचार हुन्छ।
युवा देशकै रिढ हुन्छन् तर हाम्रो देशमा,
धेरै झोला छाप नोटङ्की औतार हुन्छ।
बैंशको मात नै धेरै लाग्दो रहिछ कसैमा,
देख्दा बित्तिकै ढल्न आफै लाचार हुन्छ।
दुश्मन बलियो होइन हामि कम्जोर भयौँ,
हामिलाई जहाँ दुख्छ त्यँही प्रहार हुन्छ।
कीन देशकै राजनीति समाजलाई देख्दा
दुःख लाग्छ घिन लाग्छ र दिक्दार हुन्छ।

CP Hospital Dhangadhi

॥१॥

ज्ञान दिएकै हुँन् छोरधारा र ठाडे भिर पनि,
सिकारीहरू मिर्ग माथि चलाएको तिर पनि।
फरक यत्तिमात्र हो अपराधी महलमा पुग्यो,
निर्दोश ढेर भयो , काम लागेन तक्दिर पनि।
हिंजो ढढ्यानकै ढुङ्गा पनि हाम्रा साथि थिए,
भए साम्राज्यवाद उनैको लागि हाजिर पनि।
पौरखी छौँ बलिया छौँ तर बुद्धिहिन भएछौँ,
सधै हारिन्छ लड्न नजाने पछि माहिर पनि।
भनिन्छ भोक मिठो की भोजन भएन थाहा,
ज्यान नै लिन्छ खान नजान्दा यो खिर पनि।
भन्छन् चिन्ता कत्ति नगर्नु आफैलाई खान्छ,
अंरेयार सोधेर कहा आउँछ र त्यो पिर पनि।

nawajiwan

॥२॥

जसले ठुलठुला घर बनाए किन उनै वेघर हुन्छन्,
यो दुनियाँमा श्रमजिविहरू नै सधै वेकदर हुन्छन्।
तन र मन् खियाए छैन निश्चित गास बास उनैको,
जब कुनै उपाए लाग्दैन उनै तक्दिरको भर हुन्छन्।
पुरा एउटा सपनापनि हुँदैन गरिब श्रम्जिविहरूको,
अफ्शान भने हजारौँहजार उनिहरूकै रहर हुन्छन्।
हिंजो आज सरकार कहाँ हुन्छ र गरिबको पक्षमा,
जताततै अन्याय र अत्यचार भएको खबर हुन्छन्।
तिमीले आफ्नै कर्मलाई मात्र दोश दिन्छौ सधैभरी,
ति अपराधी भ्रष्टाचारिहरू सधै कीन निडर हुन्छन्।
हाम्रो देश पनि मजदुर जन्माउँने हेचरी बन्न पुगेछ,
बिदेशीको हस्तक्षेप र अधिनमा किन नगर हुन्छन्।

॥३॥

उत्खनन् हुन्छ ढुङ्गा सरकारलाई खबर हुँन्न,
हिँजो खोला हिंड्ने ठाउँमा आज बगर हुन्न।
Attariya Hospital
बाढी पहिरो आउँछ ज्यान जान्छ अकालमै,
यो गाउँमा कुनवेला रूव़ाबास हुन्छ भर हुन्न।
मानिस त्यत्तिकै कहाँ पुज्छन् ढुङ्गाहरू यहाँ,
अन्धविस्वास गर्ने त कसैलाई पनि रहर हुन्न।
जहिले पनि भ्रष्टाचार छ उस्तै लडाई झग्डा,
यस्तो अगत्तिलो त कुनै देशको पिक्चर हुन्न।
भन्छन् भुइजाल निरोधक घर बनाउँनु हामी,
ढुङ्गा माटोले बनाएको जस्तै बलिय घर हुन्न।
आज स्वर्गतुल्य लाग्यो म जन्मिएकै गाउँमा,
त्यो भन्दा अमूल्य आफुलाई कुनै अफर हुन्न।
॥४॥
सरकार किन तिमीलाई घिन लाग्दा इनै सन्तान भए,
गोली ठोक्यो अनि छोरा मार्यो र दुईव़टा चिहान भए।
के अपराध थियो सार्वजनिक गर कानूनि प्रकृयामा,
तिम्रो दृष्टिमा किन मार्नै पर्ने गरिबका खानदान भए।
साम्राज्यवादकै अगाडी घुंडा टेकेका छौं तिमी आफै
भन यो देशमा सधैभरी किन भ्रष्टाचारी सम्मान भए।
के दोश थियो यो देशमा जन्मिएका माग्न कहांजाने,
काम,माम,दाम रक्षा शुरक्षा नदिएरै यो धुनधान भए।
चुनाव लड्दा जनता संग गरेका ति वाचा कबुल पनि,
अध्यान गरौं त आफैले पनि घोषणापत्र उखान भए।
उठ्छन् एकदिन जुर्मुराई जनताको हुंकारले संसर मै,
कति हिटलर जार जस्ता फन्नेखां हरू अफ्सान भए।
सुरेशकुमार पाण्डे