
न राज्या सभा चाहिन्छ जनतालाई देशमा,
न चाहिन्छ सङ्घियता खाई नखाई देशमा।
जनतालाई स्वांयस्त्त सँगै रोजगार चाहिन्छ,
विकास हुन्छ माटोमा पसिना बगाई देशमा।
हेरौँ प्रकृतीले दिएको अमूल्य उपाहर याहाँ,
जानुपर्छ बिदेश पेटभरी खान नपाई देशमा।
कतै गरिबको सरकार भयो नत छोरा मन्त्री,
उनै शामन्तले राजगरे जनता फकाई देशमा।
न बनौँ भेंडा बलिका बोका सधैभरी जनता,
कसैले दिंन्न कसैलाई आफु न अघाई देशमा।
सानो देश नौवटा संसद भित्र हुन्छ मारामार,
त्यसैले त हुन्छ सधै बिदेशिकै रजाई देशमा।

॥१॥
राजनीतिमा पनि सधैभरी ब्यापार हुनेभयो,
पुजिसनमा खै सदासर्वदा गुनेगार हुनेभयो।
राष्ट्रियता गणतन्त्रको के आस गर्छौ जनता,
देश टुक्रा- टुक्रा र समाजमा दरार हुनेभयो।
रेमिटेन्स् र करमा चलेको देश ऋण चुलिंदा,
हाम्रो देश आज गुलामीको आधार हुनेभयो।
छैन उत्पादन् त्यसैले त युवा खाडीमा पुग्छन्,
कृषिप्रधान देश सधै बिदेशी बजार हुनेभयो।
आन्दोलनको कमान अवसरबादको हातमा,
जती शङ्घर्ष गरेपनी सबै वेकार हुनेभयो।
विरहरूको देश कहिल्यै कसैको गुलाम भैन,
दलाल नेताले गर्दा नागरिकको हार हुनेभयो।

॥२॥
आ-आफ्नो कम्जोरीले हार्छन् जन दरबार बाट,
फेरी बोलावा आउँछ उनै नेतालाई सरकार बाट।
परिवार मै घुम्यो राजनीति देखि संसार लजायो,
देख्दा यिनी सिर्श नेताको घृणित ब्यवहार बाट।
सरकारको सेरोफेरोमा घुम्छन् यी छमछम नाच्दै,
कसरी मुक्ति हुन्छ यस्तो नीतिगत भ्रष्टाचार बाट।
देश देश रहेन बन्यो विदेशीको अखाडा सधैभरी,
खतरा मै रहिरह्यो स्वभिमान यी दोकानदार बाट।
बुजुर्वा गणतन्त्र कै पनि कुनै नियम त हुनुपर्ने हो,
कसरी चल्छ देश बिना नीतिको यो औजार बाट।
जनता आहाल भए देश घायल भयो कुनिति ले,
अब मुक्त बनाउँ देश राजनीतिको ब्यपार बाट।

॥३॥
आफ्नो रगत छर्यो देश विशाल बनायो,
टिष्टा देखि सतलज सम्म नेपाल बनायो।
उठायो चन्द्रमा र सुर्य अङ्कित झण्डा,
रत बाइसे र चौविसियको काल बनायो।
सबै नेपालीहरू एउटै मालामा उने पछि,
एउटै सिमाना ढाक्ने यो सञ्जाल बनायो,
सगरमाथा बनायौँ अनी फैबताल देशमा,
मधेश बनायौँ पहाड सँगै हिमाल बनायो।
पृथ्वी जयन्तीले एकताको संदेश बोक्छ,
सलाम छ आफ्नै छातीलाई ढाल बनायो।
संसारमै देश गुलाम हुनदिएन देशभक्तले,
मन मष्तिकमा एकताको मिसाल बनायो।
सबै जात जाति भाषा भासि अटाउँनुपर्छ,
जिवनभरी नकुनै जातिय पर्खाल बनायो।
॥४॥
के बदलियो र खै जातिय छुव़ाछुत उस्तै छ,
मनभित्रको कुसंस्कार शामन्ती भुत उस्तै छ।
भन्छन् देशभित्र गणतन्त्र आएको धेरै भयो,
जनताको झन-झन समस्या अकुत उस्तै छ।
कसैलाई धनकै मात कसैलाई मात सत्ताको,
फरक छैन ब्यवहारिक नसामा धुत उस्तै छ।
प्रसाशन भयो फेल र घुमछन् अपराधी यहाँ,
तमासा बनेर टुलुटुलु हेर्छ त्यो सबुत उस्तै छ।
सबै भन्दा खतरा देशको लागि भयो अहिले,
अरू राणा राजाकै पालाझैं छुतपुत उस्तै छ।
एकिकरण गरेर दिए नेपाल पृथ्वीनारयणले,
बन्दैछन् बाइसे चौविसिय फुत फुत उस्तैछ।
सुरेशकुमार पाण्डे






























