फेरी सुदूरपश्चिम प्रदेशको राजधानी डोटीमा बनाउनुपर्ने आवाज संसदमा उठ्यो !

Image
Nisarga Hospital

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवराज ओलीले सुदूरपश्चिम प्रदेशको राजधानी डोटीमा बनाउनुपर्ने आवाज उठाएका छन् ।

CP Hospital Dhangadhi

मंगलबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य ओलीले प्रदेश सरकारले राजधानी कार्यान्वयन गर्न नसकेको हुँदा डोटीमा राजधानी घोषणा गरेर अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

‘संघिय सरकारले प्रदेशले घोषणा गरेको राजधानीका लागि जग्गा पनि उपलब्ध गराउन सकेको छैन् । मन्त्रालय मर्मतका नाममा थुप्रै रकम खर्च भइरहेका छन’ उनले भने,‘डोटीमा सबै मन्त्रालय राख्न सकिने गरि भौतिक संरचनाको व्यवस्था भएको छ । त्यही राजधानी बनाउँ ।’

nawajiwan
Attariya Hospital

उनले प्रदेशको राजधानीका विषयमा नयाँ शिराबाट अघि बढ्न जरुरी रहेको बताए ।
‘म आग्रह गर्दछु कि, पुरानो क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलमा त्यत्रो २ हजार जना अट्ने क्षमताको सेती सभा हल छ । सबै मन्त्रालय अट्ने संरचना बनेका छन् । प्रदेशको प्रतिष्ठान त्यही छ । त्यहाँ राजधानी बनाउँदा के घाटा पर्थ्यो ?

प्रदेशवासीको मनोविज्ञान र मनोआकांक्षा बुझेर सुन्तुलित विकासको अवधारणा बुझेर अगाडि बढ्ने हो भने फेरि एक पटक प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई पुनर्विचार गर्न र सबैलाई पायक पर्ने दिपायल जो छ सन्तुलित विकासको अवधारणा अनुसार अगाडि बढाउनको लागि जोडदार माग गर्दछु ।’