
धनगढी: हिजो भारतको अयोध्यामा राम मन्दीरको उद्घाटन तथा भगवान श्री रामको प्राण प्रतिष्ठा भयो। सोही अवसरमा विश्वभरका हिन्दु धर्मालम्बीहरुले मन्दिरमा तथा आ–आफ्ना घरहरुमा भगवाल श्री रामको प्राण प्रतिष्ठा तथा पुजा आजा गरे।

धनगढीको एक घरमा भने रामको प्राण प्रतिष्ठा गर्ने बेला एक बादर आएर केही नबोली पूजा हेरेर बसिरह्योे र, दिएको प्रसादपनि मजासँग खाएर बसिरह्यो।बदरको स्वभाव चन्चले हुन्छ भन्ने सबैलाई थाहानै छ।


तर, धनगढी विशालनगर घर भएको राजेश श्रेष्ठको घरमा आएको बादरले भने हिडडुलपनि नगरी बसेर पूजा हेर्यो र प्रसाद खायो। सो बादर हनुमानको रुपमा घरमा आएको श्रेष्ठ परिवार तथा त्यहाँका स्थानीयको बुझाई रहेको छ।































