अत्तरियामा लागेको महोत्सवमा नक्कली टिकट ठेलीको अनुसन्धानका लागि प्रहरीलाई पत्र

Image
Nisarga Hospital

धनगढी: कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ।

CP Hospital Dhangadhi

अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए। उनले २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको बताए।

Attariya Hospital

प्रहरीलाई बुझाइएका सबै टिकट ठेली दुवै पक्षको रहोबरमा सिल गरेर प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार नै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाइएको बताए।

nawajiwan