
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य माननीय साँसद बीरबहादुर बलायर संग नेपाली काँग्रेस क्षेत्र न.४ कैलालीको क्षेत्रीय कार्यसमितिले जनप्रतिनिधि र पार्टीका प्रतिनिधि बिच छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकायाको सभापतित्वमाको रुपमा संचालित कार्यक्रममा यस क्षेत्रका क्षेत्रिय प्रतिनिधि, नगर प्रतिनिधी, वडा प्रतिनिधि सहित कांग्रेस सुबेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकाया (ललित) का अनुसार यहि बैशाख १० गते सोमबारका दिन पार्टीको क्षेत्रीय कार्यालय रहेको अत्तरियामा बिहान कार्यक्रम सम्पन्न भएको हो । पार्टीका सबै तहका पदाधिकारी र सबै तहका जनप्रतिनिधिलाई एउटै ठाउँमा राखेर अन्तरक्रिया छलफल गर्ने कार्यक्रम गर्दा पार्टी भित्र गुठ, उप गुठ नहुने गरी एकै बाटोमा राख्नका लागि कार्यक्रमको आयोजना गरेको जानकारी रोकायाले बताउनु भयो ।

कैलाली क्षेत्र न.४ बाट प्रतिनिधि सभा सदस्य बन्नु भएका प्रदेश सभापति बलायरको कार्यब्यस्तताका कारण कैलाली क्षेत्र न.४ का सबै जनप्रतिनिधि र क्षेत्रीय कार्यसमिति , क्षेत्र प्रदेश सभा कार्यसमिति , नगरपालिका र वडा कार्यसमितिका सबैलाई एउटै ठाउँमा कार्यक्रम गरी आ- आफ्ना समस्या र कसरी पार्टीलाई एक ठिक्का भएर लैजान सकिन्छ बिबिध बिषयमा छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, कांग्रेसको खोल ओढेर कांग्रेसलाई नै सिद्धाउन खोज्नु ठिक भएन, पालिका भित्र बिकास निर्माणमा भएको उपलब्धीलाई पनि सामाजिक संन्जालमा हाल्ने हिम्मत राख्नुहोस, हाम्रो पालिकामा गाउँ बस्तीमा बत्ती छैन तेता प्राथमिकता राखेर काम गरेकोले अत्तरिया धनगढी सडक खण्डमा बत्ती बाल्नमा ढिलाई भएको हो, क्रमिक रुपमा काम सम्पन्न हुनेमा सबैलाई धेर्य गर्न आग्रह गरेका छन ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले कैलाली क्षेत्र न. ४ को साझा विकासका लागि आफू निरन्तर लागी परेको बताए । पूर्व मन्त्री समेत रहेका बलायरले सुदूरपश्चिमेली जनताको हरेक दुःखद सुखमा साथ सहयोग रहने बताए ।
जनप्रतिनिधिले जनता सँग जोडिएको काम र महिला र दलितलाई लक्षित गरेको योजना तर्जुमा गरी काम अगाडी बढाउन स्थानीय तहका जनप्रतिनिधिलाई उनले निर्देशन गरे ।
यहि बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा बझाङ क्षेत्र न.१ ( १) मा नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई जिताऔं अभियानका लागि बझाङ पुग्नु भएका बलायर बझाङ हुँदै डडेल्धुरा र डोटीका कार्यक्रम सकेर आज आईतवार कैलाली पुग्ने कार्यक्रम लाई सम्बोधन गरेका हुन ।


































