गोदावरी नगरपालिकाले कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरु समायोजन गर्दै

Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरु समायोजन गर्न शुरु गरेको छ ।

CP Hospital Dhangadhi

नगर शिक्षा ऐन बनाएर नगरपालिकाले ७५ भन्दा कम बिधार्थी भएका बिधालयहरु समायोजन गर्न शुरु गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख प्रयाग राज जोशीले बताएका छन । नगर भित्र रहेका बिधालयहरुको अनुगमन गरेर मर्ज अभियान शुरु गरिएको छ ।

गत चैत्रमा नै मर्ज गर्ने भनिएपनी केही बिधालयहरुले बिधार्थी पुर्याउने प्रतीबद्धता जनाएपछी ढिलो शुरु गरिएको हो । जस अनुसार गोदावरी १२ मा रहेको शिव आधारभुत बिधालयको कक्षा १ देखि ५ सम्म र सोही वडाको जनप्रभात माबी को कक्षा ९ र १० मर्जमा जाने भएका छन ।

nawajiwan
Attariya Hospital

यस अघि गोदावरी -६ मा रहेको सुर्योदय प्राथमिक बिद्यालय र गोदावरी -९ को जन जागृती बिधालय मर्जमा गएका छन । उक्त बिधालयका बाल बिकास कक्षा भने यथाबत रहने भएका छन् ।

बिधालय मर्ज र दरबन्दी मिलानको लागि नगरपालिकाले कार्यदल बनाएको थियो सोही कार्यदल को रिपोर्ट अनुसार अहिले नगरपालिकाले मर्ज र दरबन्दी मिलानको कार्य गरीरहेको छ ।