
गाउँघर तिर रोपाई सुरु भए ता पनि मनमा हर्ष उल्लास छैन। विशेषगरी असारको पहिलो सातादेखि तराई क्षेत्रमा रोपाई सुरु हुने गर्दछ। थुप्रै मानिस हरु रोपाईको हिलोसँगै खुसी दुःख साट्दै रोपाइमा रमाउने गर्दछन्। पछिल्लो समय रमाउनुभन्दा मानिसहरू रुँदै बसेको कहलीलाग्दो दृश्य देख्न पाइयो।

सुन्दर सुदूरपश्चिमको कैलाली जिल्लाहरूमा अहिले रोपाइँको चटारो चलेको छ। प्रत्येक खेतखेतमा रुपन्देरी,बाउसे र हरियो धानको बिउँ यत्रतत्र छ। मानिसहरू पानीको पर्खाइमा छन्। भने कोही रोपाईको गीत गाउँदै छन्। यो दृश्य हेर्दा मनै लोभ्याउने खालको छ तर विडम्बना हाम्रो देशको जनशक्ति जसरी विदेश जाने क्रम बढिरहेको छ। यो दृश्य पछि देख्न पाइएला या नपाइएला प्रश्न उठिरहेको छ ।
केही जेष्ठ नागरिक पहिलेभन्दा अहिले अलि फिक्का भएको छ रोपाई भन्दै पहिलेको रोपाइमा गाउँमा एउटा हर्ष उल्लास आउथ्यो गाउँदै रमाउँदै खेतीमा सम्पूर्ण जातजाति भाषा धर्मका सम्पूर्ण व्यक्तित्वहरु यसरी रमाउँथे मानिलिउँ उनको लागि यो दशैं त्यही हो।


मलाई सम्झना छ म सानो हुँदा रोपाई भनेपछि मेरो मन हुरुक्कै हुन्थ्यो। साथीभाइहरु हामी मिलेर रोपाई गर्न खेतमा जान्थ्यौ। खेतको हिलोसँगै आफ्ना भावनाहरू साटासाट गर्थ्यौ साथीहरु निकै रोपाईसँग रमाउँदै खेतको आलीमा बसेर तीतोमिठो खानेकुरा रमाउँदै खान्थ्यौँ। थुप्रै छिमेकी दाइ, भाउजु, गाउँले सबै मिलेर एकअर्कालाई सगाएर रोपाई गर्थ्यौ तर अहिले को अवस्था हेर्दा निकै जटिल रहेको छ। प्राकृतिक दोहनको कारण समयमा पानी नआउँदा कृषकहरु समस्यामा छन्। साथै साथीहरू सबै विदेश पुगिसकेका छन्।
अब त खेतले पनि सम्झिदै होला कहाँ गए ती बालकहरू जो मलाई जिस्काउँदै म सँग खेल्थे र कहाँ गयो त्यो पानी जो मलाई भिजाउन निकै आतुर हुन्थ्यो। यस्तै यस्तै थियो होला त्यो परिस्थिति आज पुनः सम्झिन मन लाग्यो। प्रश्न किन भयो? कसरी भयो ? जवाफ भने राजनीति मात्र भन्ने सुनिन्छ । सामाजिक रीतिरिवाज परम्परा बिस्तारै न्यून हुँदै गएको अनुभव गर्दा फरक नपर्ला। यस्तै गतिविधिले हाम्रो सम्पदाहरु बिस्तारै समाप्त हुने हो कि भन्ने डर यता कता झल्किरहेको पाउने गर्दछु ।































