बर्षातको समयमा चट्याङ किन आउने गर्छ ? चट्याङबाट कसरी जोगिने ?

Image
Nisarga Hospital

बर्खायाम सुरू भएसँगै नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन्। नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन्, जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ।

CP Hospital Dhangadhi

प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालमा मात्र चट्याङका कारण देशभर ६३ जनाको मृत्यु भएको छ, ३५६ जना घाइते भएका छन्। यस अवधिमा १६४ चौपाया मरेका छन् भने ५८ वटा घर जलेका छन्।

हिजोआज देशभरको मौसममा बदलाब आइरहेको छ। मध्य बर्खाको असार–साउन महिनाजस्तै छिनछिनमा मौसम परिवर्तन हुने र त्यससँगै ठूलो आवाजमा चट्याङ पर्ने गरेको छ। चट्याङ पर्दा भूकम्प आएजस्तै घर थर्किने गरेको छ। विज्ञहरूका अनुसार चट्याङ ध्वनी शक्ति पनि हो। यसमा ध्वनी शक्तिको उत्पादन हुन्छ। त्यसले कम्पन गराउँछ।

nawajiwan

के हो चट्याङ?

विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ। दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ।

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’

यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। अधिकारीका अनुसार यो जमिनसम्म आउने हो भने ठूलो जनधनको क्षति हुन्छ। उनका अनुसार ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ।

‘त्यो आगोको मुस्लो जमिनमा आइपुगे घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यसलाई पानीले पनि निभाउन सकिँदैन।’

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ।

Attariya Hospital

चट्याङबाट कसरी बच्ने?

प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले

घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन। अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ।

‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।

‘आवाजले डराउनु पर्दैन। बिजुली चम्किँदा डराउनुपर्ने हो,’ अधिकारीले भने, ‘बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलै क्षति भइसकेको हुन्छ।’

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो। ठूला रूखका फेदमा नबसेको झनै राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ’घरमा जडित सर्किटहरू बेला–बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’

त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।

नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्छ। जलवायु परिवर्तनले पनि चट्याङ निम्त्याइरहेको हुन्छ। जलवायुको परिवर्तनको कुनै नियम छैन।