विश्वासको मत लिने कार्यक्रममा सात जना प्रदेश सभा सदस्य अनुपस्थित

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यक्रममा सात जना प्रदेश सभा सदस्य अनुपस्थित भएका छन्।

CP Hospital Dhangadhi

अनुपस्थित हुनेमा नेकपा ९माओवादी केन्द्र० का खगराज भट्ट, रमेश धामी, झपटबहादुर साउद, जानकी कुँवर पौडेल, शिवसिंह ओली हुनुहुन्छ। राप्रपाका खेमादेवी विष्ट पनि बुधबारको विश्वासको मत लिने कार्यक्रममा अनुस्थित रहनुभयो। उहाँहरु अनुपस्थित हुनाको कारण भने प्रदेश सभालाई जानकारी छैन प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताए ।

Attariya Hospital

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ अर्थात ३६ मत पाउनु भएको थियो। विश्वासको मतको विपक्षमा माओवादीका १०, नेकपा ९एकीकृत समाजवादी० का चार र राप्रपाका एक गरेर १५ मत खस्नु पर्नेमा आठ मत मात्र खसेको थियो। माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले ह्वीप लगाइएको थिएन त्यसैले केही साथीहरु किन अनुपस्थित रहे भन्ने बारे खोजी नगरिएको बताए ।

nawajiwan

गोरखापत्र