साफ यू-२० च्याम्पियनसिपमा नेपाको बिजयी सुरुवात, श्रीलंकामाथि १-० गोलको जित

Image
Nisarga Hospital

साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले आइतबार घरेलु मैदानमा खेलिएको खेलमा श्रीलंकालाई १–० गोलले हराएको हो ।

CP Hospital Dhangadhi

आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १-० गोलको जित निकालेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोल पोस्टको दिशा दिएका थिए।

Attariya Hospital

खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटकपटक चुकेका थिए। समिर तामाङले दुई सुन्दर अवसर खेर फालेका थिए। यस्तै अनिल बम्जन पनि प्राप्त अवसरमा सफल हुन सकेनन्। खेलको अन्तिम मिनेटमा निराजन धामीको प्रहार क्रस बारमा लाग्दा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमेको थियो।

nawajiwan