गौरीगंगामा सर्पले डसेर २ बालिकाको मृत्यु, हजुर आमा घाइते

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो। सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय धनीराम घर्तीमगरले बताए।

CP Hospital Dhangadhi
Attariya Hospital

५ वर्षीया काजल र ६ वर्षीया लिजा घर्तीमरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेपछि दुबै बालिकाको मृत्यु भएको छ। सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि डसेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

nawajiwan