गोदावरी नगरपालिकाद्वारा गौरा पर्वको अबसरमा भोली स्थानिय बिदा

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गोदावरी नगरपालिकाद्वारा भोली भदौ ९ गते स्थानिय बिदा दिएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

गौरा पर्वको अवसरमा मिति २०८१/०५/०९ गते आईतबारका दिन गोदावरी नगरपालिका क्षेत्र भित्र १ (एक) दिन स्थानीय बिदा दिने भनी मिति २०८१/०४/२७ गतेको ११५ औं कार्यपालिका बैठकबाट निर्णय भएको हुँदा यस नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरुमा १ (एक) दिन स्थानीय बिदा दिईएको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै उक्त पर्वको अवसरमा सम्पूर्ण नगरबासीहरुमा यस कार्यालयको तर्फबाट हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

nawajiwan