
अत्तरियाः कैलालीको अत्तरियामा रबिन कला केन्द्रले आयोजनामा महिलाहरुको तिजको अबसरमा निःशुल्क नृत्य प्रशिक्षण पश्चात प्रमाणपत्र बितरणको कार्यक्रम सम्पन्न भएको छ । १ महिना सम्म महिलाहरुलाई निःशुल्क नृत्य प्रशिक्षण गरेर आज बिशेष कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरेको छ ।


प्रमाण पत्र बितरण कार्यक्रमको सभापतित्व सुदूरपश्चिम प्रज्ञा प्रतिस्थानका अध्यक्ष डा. टियन जोशीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए । तेसै गरी विशिष्ट अतिथीमा गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपाद दत्त भट्ट, अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्यान सिंह बोहरा, ब्रमा कुमारी बिश्वविद्यालयकी संचालिका रबिना दिदि लगायत सयौ महिलाहरुको उपस्थितिमा प्रमाण पत्र बितरण गरेको हो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिस्थानको आर्थिक सहयोगमा रबिन कला केन्द्रले अत्तरियाका बिभिन्न नृत्य क्लवको सहयोगमा २२५ जना महिलाहरुलाई नृत्य पश्चात प्रमाण पत्र बितरण गरेको जानकारी रबिन कला केन्द्रमा संचालक सुरज शाहाले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथी तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, ‘मौलिक तथा सांस्कृतिक नृत्य हाम्रो पहिचान भएकोले यसको संरक्षण सम्बद्र्धन गर्नु हामी सबैको दायित्व भएकाले नगरपालिकाले यस्ता क्रियाकलापमा सहयोग गर्दै गरेको छ ।’ आफूहरू संस्कृति जर्गेना गर्ने कार्यक्रमका लागि सदैव सहयोग गर्न तयार रहेको बताउँदै आगामी दिनमा कला संस्कृतिको संरक्षण संवद्र्धनमा थप सहयोग गर्दै जाने बताए । उनले थपे, ‘हामीले हाम्रो मौलिक पहिचानलाई बचाउन र यसको विकासका लागि एकजुट भएर काम गर्नुपर्दछ ।’

पछिल्लो समयमा तिजको समयमा विभिन्न खाले बिकृती चल्दै गर्दा नेपाली समाजमा रहेका मौलिक लोक तथा परम्परागत सांस्कृतिक नृत्यको संरक्षण, संवद्र्धन तथा जगेर्ना गर्दै यसको विकास गर्ने लक्ष्य राखेर अत्तरियामा रहेको रबिन कला केन्द्रले निःशुल्क रुपमा महिलाहरुलाई नृत्य प्रशिक्षण दिएको जानकारी संयोजक शाहाले बताएका छन ।





































