
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा आयोजित गौरा पर्व मेलाको समापन गरिएको छ ।

स्याउलेको विश्वनाथ महादेव मन्दिर परिसरमा ७ दिन सम्म आयोजना गरिएको मेलाको आईतबार भव्यताका गोदावरी ८ का वडा अध्यक्ष गोविन्द चौधरीको प्रमुख आतिथ्यमासाथ सम्पन्न गरिएको हो ।



संस्कृति संरक्षणका लागि गौरा पर्व मेला आयोजना गरिएको गौरा मेला समितिका संयोजक गोपाल देउवाले बताए । संयोजक देउवाले विगतमा बाहिरका कलाकारहरुलाई मात्र प्राथमिकता दिँदै आइरहेकोमा यस वर्ष केही फरक शैलीबाट स्थानीय कलाकारहरुलाई ३ दिन सम्म प्राथमिकता दिई डेउडा प्रस्तुति गराएको बताए ।
उनले यस क्षेत्रमा रहेका स्थानीयहरुलाई पनि प्राथमिकता दिएर संस्कृतिको जगेर्ना गर्न निम्ति सहभागी गराएर उनीहरु भित्र भएको कलालाई प्रदर्शनी गराएको बताए । मेला यहि भदौ १० गते देखि आज (आईतबार) सम्म गरी ७ दिन मेला सञ्चालन भएको थियो ।































