सहकारी ठगीमा संसदीय समितिको सुझाव अनुसार सरकार अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

Image
Nisarga Hospital

धनगढी: उपप्रधानमन्त्री एवंम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

CP Hospital Dhangadhi

मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा संलग्नमाथि कारवाही प्रक्रिया अघि बढाइने बताएका हुन् ।

‘संसदीय विशेष समितिले सहकारीको रकम दुरुपयोग सम्बन्धी प्रतिवेदन बुझाएको छ । सरकारले प्राप्त गरेपछि प्राप्त सुझावका आधारमा अध्ययन गरेर कार्यान्वयन गर्नेछ,’ सिंहले भने, ‘समितिको सुझावको आधारमा सबै प्रक्रिया पूरा गर्नुपर्ने सरकारको दायित्व हो त्यो गर्छ ।’

nawajiwan

गोर्खा मिडियामा सहकारीको रकम दुरुपयोग भएको सन्दर्भमा संसदीय समितिले तत्कालीन समयमा प्रबन्ध निर्देशकको भूमिकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि समेत प्रचलित कानुनबमोजिम कारवाही गर्न सिफारिस गरेको छ ।

Attariya Hospital

तर लामिछानेले भने संसदीय समितिले आफूलाई सहकारी ठगी प्रकरणमाा क्लीन चिट दिएको दाबी गर्दै आएका छन् । यो कुरामा टिप्पणी नगरेका उपप्रधानमन्त्री सिंहले भने समितिको प्रतिवेदनकै आधारमा कारवाही प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

धेरैले कांग्रेसको अगामी महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा हेरेका छन् नि भन्ने जिज्ञासामा मन्त्री सिंहले परस्थिति अनुसार बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवा स्वयंमले आफू रिटायरमेन्टमा जान लागेको बताएकाले दोहोरिने सम्भावना नरहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै सिंहले मुलुकलाई आर्थिक समृद्धि र स्थायित्व दिनका लागि नेपाली कांग्रेस र एमालेको सहकार्य आवश्यक परेको बताएका छन् । उनले अहिलेको संविधानलाई थप सान्र्दभिक बनाउनेगरि संशोधन गर्ने समझदारी बनेको बताउँदै सबै पार्टीबीचको सहमतीका आधारमा अघि बढने उल्लेख गरेका छन् ।