अनि साथिहरुले भोलिपल्ट देखि मेरो नाम नैं फाटेको कट्टु राखिदियो..

Image
Nisarga Hospital

पारस भट्ट प्यासी~ मेरो बाबुआमाले भन्नुहुन्छ सानो छँदा तिमी सारै फोहोरी थियौ अनि जिद्दी पनि अति गर्ने , नुहाउन भनेपछि रोएर जोर गर्ने सहि हो अलिअलि कुरा मलाई पनि याद छ ।

CP Hospital Dhangadhi

कक्षा पाँचमा पुग्दा समेत मैले पाईन्ट भित्र कुट्टु लाउँदैन थिए! बरु दुई- तिन ओटा पाईन्ट नैं लाएर जान्थे एकदिन अनिरुद्र सरले नेपाली किताबमा कविता पढ्न अनुरोध गर्नुभयो र मलाई कक्षामा उभ्याउन भयो त्यो दिन मेरो एउटा पाईन्ट फुत्केर भित्र लाएका अरु दुई- तिन पाईन्ट पनि साथिहरुले देखेका थिए रन्जु ,तुलसी लतिता ,मुकेश बिरेन्द्र प्रेमले त मलाई सधै जिस्काउने काम समेत गर्थे अनि बिस्तारै छ सात आठ पुगे तरपनी सँगै दुई- तिन ओटा पाइन्ट लाउने ,कट्टु नलाउने बानी हटेन ।

नौँ कक्षामा चाहिँ मैले एउटा कट्टु किने र नियमित कट्टु लाए दश कक्षामा पुग्दा समेत म सँग त्यही कट्टु थियो! कट्टु निकै पुरानो भैसकेको थियो ठाउँ ठाउँमा फाटेको थियो बाहिर पाईन्ट लाउनैपर्छ भित्र कट्टु फाटेको भएपनी के हुनेहोर भन्ने सोच हुन्थ्यो !

nawajiwan
Attariya Hospital

नयाँ कट्टु किन्न मलाई सारै लोभ पनि लाग्थ्यो त्यही भएर पनि सधैं त्यही फाटेको कट्टु लगाएर स्कुल जान्थे एकदिन कक्षामा बिनोद , नन्दराम गिता अन्जली र मैले होमवर्क गरेका थिएनौँ लक्ष्मण सरले हामी पाँचै जनालाई कुखुरा ” मुर्गा ” बनाउनु भयो केहिबेरमा मेरो चाहीँ पाईन्ट फुत्केर घुँडा सम्म पुग्यो मेरो फाटेको कट्टु देखेर विद्यार्थी सबै हाँस्न थाले कोहि कोहिले त लजाएर आँखा नै बन्द गर्नुभयो कोहि कोहि झसङ्ग भए कोहि कोहि हेरेका हेरेई रहे भोलिपल्ट देखि साथिहरुले मेरो नाम नैं फाटेको कट्टु राखिदियो ।

आफ्नो विद्यार्थी जिवनमा भएका हाँसो ठट्टाका कुरा हिजो धनगढी देखि काठमाडौको यात्रामा केशवले खुलेर गर्नुभयो ।

पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी