गोदावरी नगरपालिकाले मनायो विश्व रेबिजविरुद्धको दिवस, वडा नम्बर ३ मा निशुल्क खोप लगाइदै

Image
Nisarga Hospital

अत्तरिया: आज विश्व रेबिजविरुद्धको दिवस मनाईदै छ ।

CP Hospital Dhangadhi

‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्ष सचेतनामूलक कार्यक्रम गरि १८औं विश्व रेबिज रोगविरुद्धको दिवस मनाउन लागिएको हो ।

nawajiwan
oplus_131072

कैलालीको गोदावरी नगरपालिकाले पनि आज रेबिज विरुद्धको दिवस मनाउदै छ । दिवसको अवसरमा नगरपालिकाको पशु सेवा शाखाले बिहान अत्तरिया बजारमा र्याली निकालेको थियो । र्यालीपछि एक दिने निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको छ ।

oplus_131072
Attariya Hospital

खोप कार्यक्रम गोदावरी नगरपालिका–३ को वडा कार्यालयमा सञ्चालन गरिएको छ । खोप कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म सञ्चालन हुने नगरपालिकाको पशु शाखाका प्राविधिक टेक शाहुले बताए । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ ।

oplus_131072

यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए । पशु सेवा विभागले रेबिज दिवसमा विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ ।

oplus_131074

स्थानीय तहहरूले असोज ६ देखि १२ गते सम्मलाई सप्ताहव्यापीरुपमा रेबिजविरुद्धको सचेतना फैलाउने कार्यक्रमहरू समेत गरेका थिए ।