सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै, पानीको बहाव ६ लाख क्यूसेक पुग्यो !

Image
Nisarga Hospital

सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ ।

CP Hospital Dhangadhi

यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो ।

Attariya Hospital

कोशीमा बढाव बढ्दै गएका कारण ब्यारेजको माथिबाटै पानी ओभरफ्लो भएर बगेको जनाइएको छ । अहिले कोशी ब्यारेजमा मानिस र सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ ।

nawajiwan